उसको तीन पुस्ते चुनाव
यस्तो पनि नेता हुन्छ,जनतालाई एक छाक पनि भोज नखुवाउने।कसरी जित्छ यस्ताले,मैले त फलानोलाई मरिगए भोट दिन्न।पहिला पहिला त नेताहरु आउथे गाउँ भरिका मान्छेहरू जम्मा पार्थे,भोज खुवाउथे,नाचगान गर्थे,यस्तो कार्यक्रम कम्तीमा पनि हप्ता दस दिन सम्म चल्थ्यो।कसै गरि कोहि छुत्यो भने उसको भाग घरमै पुर्याइ दिन्थे।आफै कहाँ छाप हान्नु पर्छ सिकाउथे र पो चुनाव जित्थे।
हजुरबुबाले बर्सौ अघि गफगाफ गर्दा बोलेका कुराहरु आज ऊ सम्झिरहेको छ।ओहो,त्यस बेला त चुनाव दसैं भन्दापनी ठुलो पर्व जस्तै हुदो रैछ।नेताहरूले जनताहरुलाई कसरी मूर्ख बनाएका।दुइचार वटा रागा बोका ढाल्यो दुईचार घैता रक्सी घोप्त्याइदियो अनि चुनाव जित्यो।हाम्रा हजुरबुबा हरु त्यसैमा मख्ख,बिकास आफ्नो घरघरानामा गर्यो नेताहरुको कर्तव्य पुगि हाल्यो।
उसले बुबाहरुले कुरा गरेको पनि सुनेको थियो।यो चुनावसुनाव भन्नू बेकार हो।दुईचार जनाले सरकारी जागीर खाने बाटो मात्रै हो।नेताहरुको कुरा के पट्याउनु,हाम्रो ठाउमा गर्ने हो भने हिरा फलाउन सकिन्छ भन्छन् भासणमा,आफ्ना सन्तानलाई पढ्न बिदेश पठाउछन।हामीले तिनलाई भोट दिएर जिताउनु भनेको जाउ गएर जनताले तिरेको करमा रमाउ,आफ्नो पुस्तौ पुस्तालाई पुग्ने अकुत सम्पति कमाउ भन्नू मात्रै हो।छाप लगाउन जानै मन लाग्दैन।के गर्नु एक दुईले छाप लगाए पनि नलगाएपनी के नै फरक पर्छ र एउटा न एउटाले त पक्कै जित्छ। हामीले कतिन्जेल सानो भोज,दुईचार गिलास सक्सी केही प्लेट मासुका भरमा आफ्नो अमुल्य भोट सात्ने र नेताहरुलाई सधै भोज गर्न पठाइरहने?अबको चुनावमा भोज सङ्ग होइन बिकास सङ्ग भोट सात्नु पर्छ।अब हाम्रो जीवनमा बिकास लिनु पर्छ।यसरी गाउभरिका जनतालाई बिकास शब्द सुनाउने पल्ला गाउको रामे चुनाव हुनु भन्दा केही हप्ता अघि सरकारी जागिरे भयो।यो थाहा पाएपछि अरु दुईचार जना अलिअली पढेलेखेका पनि बिकास बिकास भने र जागिरे भए।चुनाव उनिहरुलेनै जिते जस्ले जित्दै आएका थिए,बिकास उस्तै भयो जुन पहिलै देखि हुँदै आएको थियो।
बिचराहरु के गरून्,बिकास भनेको उन्नति प्रगति हुनु हो भनेर शब्दकोषमा पढेका,बेरोजगार हुदा जागीर पाउनु त्यो पनि सरकारि,उन्नती नै थियो,बर्सौ देखि पद नबढी रहेको बेला पद पढुवा हुनु पनि प्रगतिनै त थियो।उनिहरुले जस्तो बिकास चाहेका थिए पाए,रमाए।गाउमा बिकास भनेको जागिर पाउनु हो भन्ने बुझाए। ऊ सोच्छ,सायद उनिहरुले बिकास सहि अर्थमा बुझेको भए आज देशको अवस्था अर्कै हुने थियो,हामी सबैको अवस्था अर्कै हुने थियो।जुन अवस्था अहिले छ कैयौं गुणा राम्रो भै सक्ने थियो।उसलाई लाग्छ उसको बुबाको पुस्ताले चुनौती लिन तयार भएनन।तथाकथित पढेलेखेका र पऊच राम्रो भएकाहरुले यहि सरकारी जागिर खाए,केहिले विभिन्न संघ सस्थाहरुमा जागिरे भए।बाकी केही गर्न नसक्नेहरु बिदेशिय।सोझा जनता ठग्न पल्केका नेताहरूले जनता ठगिरहे,तिनै नेताहरुको भन्सुनमा जागिरे भएकाहरु के फरक हुन्थेर,रातारात धनी बने।बिकास कागजमा ल्याए।
अहिले ऊ सोच्दै छ,कसैलाई दोष दिएर देशको बिकास हुदैन।देश नबन्नुमा ठूलो गल्ती नेताहरुको हो तथापि जनताहरु पनि त्यतिकै दोषी छन।कुनै न कुनै पुस्ताले देश बिकास गर्ने जिम्मेवारी लिनै पर्छ।त्यो अब आफ्नै पुस्ताले लिनुपर्ने ऊ सोचिरहेछ।आफुहरुपनी नेतालाई दोष लगाएर पन्छिन खोज्यौ भने त्यसको मूल्य भावी सन्ततिले चुकाउनु पर्ने हुन्छ।अहिले हामीले जस्तै प्रश्न सोध्नेछन हाम्रा सन्ततिहरुले पनि,हाम्रो देशमा किन बिकास नभएको ?त्यतिबेला नाजवाफ बन्नु पर्दा वा नेताहरु भ्रष्ट भएर बिकास नभएको भन्नू पर्दा कस्तो स्थिति सृजना हुन्छ होला?त्यसैले ऊ आफ्ना सबै सिक्षित साथिहरुलाई आउदै गरेको चुनावमा सक्रिय भएर भाग लिनका साथै सहि योग्य,अनुभबी,नयाँ बदलिँदो समयसङ्ग परिचीत र उन्नत सोछ भएका उमेदवारलाई जिताउन आफ्नो परिवार र छिमेकी सबैलाई भोट हालेर सहयोग गर्न आग्रह गर्दछ।पार्टी जुनसुकै होस,पार्टीले बिकास गरिदिने भए नेपाल जति विकसित मुलुक अरु कुनै हुने थिएन।त्यसैले ऊ योग्य उमेदवार जुन पार्टीको छ उसैलाई जिताउन पनि सुझाव दिन चाहन्छ।
ऊ स्वयम् आफैपनि कुनै बेला राजनीति प्रती तुच्छ भाव राख्दथ्यो।त्यस्तो भाव उसमा नआओसपनि कसरी,भर्खर ऊ जान्ने बुझ्ने हुदाखेरिको चुनावी माहौल जो देखेको थियो,यो पार्टीले यति खर्च गर्यो त्यो पार्टीले उति खर्च गर्यो।सबैभन्दा बढी खर्च गर्ने पार्टीले चुनाव जित्यो र जितेपछी बिकास लिएर नेता गाउँ गएन।पछि थाहा पायो उस्ले चुनावका लागि ऋण लिन धितो राखेको घरबारी अन्तिम समयसम्म चुक्ता गर्यो अरे।
आज उसले बुझेको छ बढी खर्छ गर्ने नेतालाई जिताउदा के हुन्छ,धेरैले बुझेका नहुन सक्छन,कतिपयले बुझेर पनि वास्ता नगरेका हुन सक्छन।त्यसैले ऊ हरेकलाई सचेत गराउन चाहन्छ,भेतेजती सबैलाई दुईचार हजार नोत मा भोट नसात्न हार्दिक अनुरोध गर्दछ।जस्ले बढी खर्च गर्छ उसलाई भोट नदिन सुझाव दिन्छ।योग्य ब्यक्तिलाई जिताउने उसको चाहाना छ,यस कदममा सबैको साथ पाउनेमा ऊ ढुक्क छ।
फोटो तथा लेख-रचनाको लागि https://m.me/golkot मा मेसेज(fb) वा हाम्रो इमेल ठेगाना [email protected] सदैव खुल्ला छन् !
Follow Us for more updates
यो पनि पढ्नुहोस