“स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल” भन्ने नाराका साथ स्थापित गलकोट स्पोर्ट्स क्लब टोकियो को प्रथम महाधिवेशन सम्पन्न गरेको छ । अधिबेशनबाट भलिबल खेलाडी रत्नसिंह बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

Galkot Sports Club Tokyo
Ratna Singh Basnet


गलकोट समाज जापानका सल्लाहकार बेलुकाजी थापा, दिलु खत्री, रामकृष्ण बम मल्ल , कालिका थापा र नबिन निउरे सम्मिलित ५ सदस्यीय निर्वाचन समन्वय समितिले निर्बिरोध रुपमा कार्यसमिति चयन गरेको छ ।

Galkot Sports Club Tokyo
Galkot Sports Club Tokyo


२५ सदस्यीय कार्यसमितिका अध्यक्षमा पुर्व राष्ट्रीय भलिबल खेलाडी तथा एम्पाएर रत्नसिंह बस्नेत र ३ उपाध्यक्ष निम खड्का, बिजय भण्डारी, देवेन्द्र खत्री निर्वाचित हुनुभएको छ । त्यसैगरी महासचिवमा लक्ष्मण कार्की र सचिब दुर्गा बहादुर खत्री साथै कोषाध्यक्षमा महेन्द्र साहनी र सह-कोषाध्यक्षमा डिलाराम निउरे निर्बिरोध मनोनयन गरिएको छ ।

Galkot Sports Club Tokyo
Galkot Sports Club Tokyo


२५ सदस्यीय कार्यसमितिका सदस्यहरुमा लोकेश खत्री, भबिन थापा, ध्रुब कडेल, लक्ष्मण भण्डारी, प्रकाश निउरे, दिपेश खत्री, चित्र चोखाल(नारायण),हिमाल कडेल, राजु बस्नेत, तेजिन्द्र बस्नेत, संजय साहनी, हरि भण्डारी, गणेश के.सी , संन्तोस के.सी. रबिन भण्डारी, राजा खत्री, बसन्त खड्का रहेका छन ।

नबनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समन्वय समितिका संयोजक तथा साहित्यकार बेलुकाजी थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।