टोकियोमा एकल साँझ : इतिहास रचे, गायक मल्लले
श्रोत: समुन्द्रपारी डट कम
टोकियो – संगीतको सुमधुर धुनले प्रेक्ष्यालय गुञ्जायमान थियो । दर्शकहरुको उपस्थिति क्रमशः बाक्लिदै थियो । नेपाली पोशाक दौरासुरुवाल र ढाकाटोपीमा सजिएर मञ्चमा प्रस्तुत भएका उनले दर्शकहरुलाई भगवानको संज्ञा दिदैं शिर निहुराएर अभिवादन गरे र मञ्चमा पलेटी कसेर गाउन थाले । गाउँदै गए, गाउँदै गए, उनले देशको गीत गाए, माटोको गीत गाए, आमाको गीत गाए, भीरपाखाको गीत गाए, ज्यान परदेशमा भए पनि मन घरदेशमा भएको भाव बोकेको गीत गाए, गाउँबेसीको गीत गाए, समग्रमा राष्ट्रिय भावनाले ओतप्रोत भएको नेपाल र नेपालीको गीत गाए ।
त्यहाँ न कुनै नाच्नेहरुको तँछाड मछाडको भिड थियो, न त कुनै उच्छवास र उखरमाउलो कोलाहल नै थियो, थिए त शान्तसंग सुमधुर संगीतलाई नजिकबाट अनुभूत गर्ने दर्शकहरु । जापानमा पहिलोचोटी भएको नौलो प्रयोग लाइभ एकल साँझ कार्यक्रमको परिदृश्य थियो यो ।
सुखमा होस् वा दुखमा, स्वदेशमा होस् या विदेशमा जीवनका ऊर्जाशील समयको दुई दशकदेखि निरन्तर साँगीतिक क्षेत्रमा
खर्चिएका गायक तथा संगीतकार रामकृष्णबम मल्लको एकल साँझ मंगलबार टोकियोमा हुँदै गर्दा उनले भावुक हुँदै बर्षौ देखि पाल्दै आएको एकल साँझ गर्ने जीवनको एउटा ठूलो धोको पुरा गरिदिएकोमा दर्शकहरुलाई धन्यबाद दिए ।
‘एकल साँझ कार्यक्रम त्यो पनि अझ विदेशमा तपाईहरु जस्ता सहयोगी मन र जापानी मित्रहरुको सहकार्य नभएको भए यो संभव थिएन’ – गायक मल्लले भने – ‘यहाँहरुप्रति जीवनभरि कृतज्ञ रहनेछु ।’
स्वर सम्राट स्व. नारायण गोपालले कुनैबेला एउटा कार्यक्रममा भनेका थिए, ’गीत गाउनका लागि त गीतै गाउनुपर्छ ।’ हुन पनि एकल साँझ धेरै हिसाबले आफैमा चुनौतीपूर्ण कार्यक्रम थियो । गाउनका लागि गीत र दर्शक पाउनका लागि हिट हुनु आवश्यक थियो नै । महिनौको लगाव, धेरै मान्छेहरुको कडा मिहिनेत र एकोहोरो खटनपटनको परिणामस्वरुप नयाँ प्रयोगकारुपमा एकल साँझ जापानमा संभव भएको संयोजक डिपी कँडेलले बताए ।
एकल साँझमा गायक मल्लले करिव डेढ दर्जन जति गीत गाए । ती मध्य धेरैजसो जापानमै रहेका सर्जकहरुको गीत गाएर उनले साँगीतिक सिर्जनामा कलम चलाउन जुर्मुराएकाहरुलाई प्रोत्साहित गरे । ती सर्जकहरुमा केशव पौडेल, रविन शर्मा, लक्ष्मण कार्की, दिप पाठक, अरुण पौडेल, पिताम्बर चापागाँई, युवराज आचार्य लगायतका थिए, जो जापानमै छन । कार्यक्रममा गायक मल्लले सालैजो, यानीमाया, ठाडोभाका जस्ता मौलिक लोकलयमा आधारित गीतहरु पनि गाएर गाउँबेसी र रनबनको झझल्को दिलाए ।
कार्यक्रममा फरक फरक भूगोल, भाषा, सँस्कृति र सामाजिक परिवेश भएका जापानी संगीतकारहरुसंग नेपाली संगीतकर्मीहरुको कलात्मक साँगीतिक समायोजन र तादाम्यता सबैभन्दा सुन्दर पक्ष रहेको दर्शकहरुको प्रतिक्रिया थियो । गायक मल्ललाई गायिकाद्वय सोना केसी र सीता पुनले साथ दिएका थिए भने जापानी गायिकाद्वय आओइ सानो र एरि खावामुराले जापानी गीत गाएर संगीतको माध्यमबाट पनि दुई देशबीचको सम्बन्धलाई अझ कसिलो बनाउन सकिने उदघोष गरे।
नयाँ इतिहास
बिना बाद्यबादन साँगीतिक कार्यक्रम गर्ने होडबाजी चलेको आजको नेपाली समाजमा बाजागाजाहरुको उचित संगीत संयोजनसहितको एकल साँझ कार्यक्रममा दर्शकहरुले पृथक खालको आनन्दानुभूति गरेको पाईयो । जापानको नेपाली समाजको साँगीतिक कार्यक्रमको इतिहासमा यसप्रकारको लाइभ एकल साँझ पहिलोचोटी सम्पन्न गरी गायक मल्लले नयाँ इतिहास रचेका छन् । यस कार्यक्रमले गायन क्षेत्रमा लागेका नयाँ पुस्तालाई थप मिहिनेत गर्न दबाब सहितको प्रोत्साहित पनि गरेको छ ।
एकल साँझको सन्देश
राष्ट्रिय लोक तथा दाहोरीगीत प्रतिष्ठान नेपालको कलाकार कल्याणकारी कोषको सहयोगार्थ एकल साँझ कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रम आयोजना गर्नका लागि जापानमा रहेर विभिन्न क्षेत्रको प्रतिनिधित्व गरेका ब्यक्तिहरु रहेको एक छुट्टै आयोजक समिति गठन गरिएको थियो । सो कार्यक्रमबाट मुलतः तीनवटा सन्देश दिन खोजिएको आयोजकको दावी छ । दशकौं साधनारत आफु संलग्न क्षेत्रको अनुभव, भोगाई र विज्ञताको एकमुष्ट संगालो एकैथलोमा प्रस्तुत गर्ने बिशेष पर्वकोरुपमा जुनसुकै क्षेत्रका प्रतिभावान मानिसले पनि यसप्रकारको कार्यक्रमका बारेमा सोच्न सक्नेछन् भने संगीतको माध्यमबाट देश देशान्तरका पृथक भूगोललाई पनि जोड्न सकिने रहेछ भन्ने अर्को सन्देश दिन खोजिएको छ । आयोजकका अनुसार अझ अर्को महत्वपूर्ण पक्ष भनेको प्रत्यक्ष सुनिन र बज्न छोडेका हाम्रा साँस्कृतिक धरोहरका प्रतिविम्व मानिने मौलिक बाजाहरु चाह्यौ भने जोहो गर्न सकिंदो रहेछ भन्ने दृष्टान्त एकल साँझले पुष्टी गरेको छ ।
एकल साँझका सारथीहरु
कार्यक्रमलाई वास्तवमै ‘एकल साँझ’ बनाउन वाद्यवादकहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको स्पष्ट देखिन्थ्यो । गितारमा शिगेयुकी कोनिता, बेस गितारमा तारो इरिए, कि बोर्डमा मासामी इशिहारा, पार्समा बुन्ता ताकामुरा, तबला/मादलमा ऋषि पौडेल, बाँसुरीमा खडक पुन, सारङ्गीमा मनु थापा र अक्टोप्याडमा भरत सुनार तैनाथ थिए भने सबै बाजाहरुको लिड गर्दै हार्मोनियममा स्वयम गायक मल्ल पलेटीमा थिए । कार्यक्रममा सहकार्य गरेका जापानी संगीतकर्मीहरुको लगाव हेर्दा नेपालप्रतिको प्रेमभाव छचल्किएको आभास हुन्थ्यो ।
विविधि क्षेत्रका प्रतिनिधिको आतिथ्यता
नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा भएको एकल साँझ साँगीतिक समारोहमा दर्जनौ बिशिष्ट ब्यक्तिहरुको आतिथ्यताले कार्यक्रमको गरिमा ह्वाट्टै बढाएको थियो । जापानस्थित नेपाली राजदूतावासका पूर्व कार्यवाहक राजदूत समेत रहीसकेका फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ, नेपाल हाइकुकेन्द्रका अध्यक्ष प्राध्यापक रामकुमार पाँडे, साहित्यकारहरु शिरोमणि दवाडी, अश्विनी कोइराला, किरण पौडेल, विजयराज आचार्य, तत्कालिन नेकपा माओबादी केन्द्रका बागलुङ जिल्ला संयोजक ज्ञाननाथ गैरे (अनिल), लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरियाका प्रतिनिधी गायिका रेबिका लामिछाने लगायतका जापान बाहिरबाट आएका ब्यक्तिहरुको बिशेष उपस्थिति रहेको थियो । यसैगरी कार्यक्रममा माचुदो इन्टर्नेशनल एक्सचेञ्ज एसोशियशनका डाईरेक्टर योसीयुकी सिमानो, हारुहितो नोजु, डा. इतो युकी, फुरुहाता चुनेहिरो लगायतका नेपालप्रति गहिरो सद्भाव राख्ने नेपाली संगीतप्रेमी जापानीहरुको पनि उपस्थिति थियो । कार्यक्रममा एनआरएन अभियान्ता, स्थानीय संघसंस्थाका प्रतिनिधी, ब्यवसायी, विद्यार्थी, बुद्धिजीवी, साहित्यकार, समाजसेवी तथा पत्रकारहरु लगायत विविध क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो ।
प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले संयुक्तरुपमा रिवन काटेर कार्यक्रमको उदघाटन गरिएको थियो । एकल साँझ आयोजक समितिका संयोजक डिपी कँडेलको सभपतित्वमा भएको सो साँगीतिक समारोह राष्ट्रियगानबाट सुरु गरिएको थियो । प्रमुख अतिथि दूतावासका उपनियोग प्रमुख अर्याल र बिशेष अतिथि प्रा. पाँडेको शुभकामना मन्तब्य रहेको सो कार्यक्रममा आयोजक समितिको तर्फबाट पत्रकार तिलक मल्लको स्वागत मन्तब्य रहेको थियो ।
विभिन्न ब्यवसायीहरुको प्रायोजनमा भएको सो कार्यक्रममा प्रमुख प्रायोजक दिप वे जापानका प्रमुख दिपक सुबेदीको हालै स्वर्गारोहण हुनुभएकी आमा गौरीदेवी सुवेदीको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण पनि गरिएको थियो । कार्यक्रम अनेसास जापानका सचिव समेत रहेका आयोजक समितिका सदस्य रविन शर्माले सञ्चालन गरेका थिए । कार्यक्रम मेगुरो कुमिन सेन्टरमा भएको हो ।
Content and Image source: samudrapari.com, if in case of any copyrights issue please mail at [email protected] or inbox in our page Galkot, we are more than happy to take this post down.
Follow Us for more updates
यो पनि पढ्नुहोस

बोहोराफाँट समाज जापान गठन
गलकोट हटिया बोहोराफाँट घर भई हाल विभिन्न शिलशिलामा जापानमा रहेकाहरुले बोहोराफाँट समाज जापान गठन गरेका छन् लक्षुमण बोहोराको अध्यक्षतामा १६... ...

EDV 2020 को फारम खुल्यो, यसरी भर्नुहोस् आफै निशुल्क online
अमेरिकी सरकारले २०२० डाइभर्सिफ़ाइड भिसाको अनलाइन आवेदन आज देखि खुल्ला गर्ने भएको छ। नेपाली समय रातको ०९:४५ बजे बाट आवेदन... ...

२२औं संस्करणको राष्ट्रीय भलिवल गल्कोटमा
नेपाल भलिबल संघले प्रतियोगिता आयोजनामा विकेन्द्रिकरणको प्रयास शुरु गरेको छ । ...

गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथों मैत्रीपुर्ण रनिङकप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथों मैत्रीपुर्ण रनिङकप भलिबल प्रतियोगिताको तयारी अन्तिम अप्रिल १८ तारिक प्रतियोगिता हुने ...

गल्कोटमा साहसिक खेल क्यानोनिङ्गको सफल परिक्षण
बाग्लुङ्ग जिल्ला गल्कोट नगरपालिका ३ हटिया सह्सरधारामा आज साहसिक खेल क्यानोनिंगको सफल परिक्षण गरिएको छ। ...| Canyoning Adventure Sports in... ...

वसन्त थापाको पन्चेबाजा भाका आलु मिठो तारा खोलाको सार्वजनिक [भिडियो]
गगल्कोटका ख्यातिप्राप्त गायक तथा सर्जक वसन्त थापाको नया पन्चे बाजा गीत `आलु मिठो ताराखोलाको` आज युटुब मार्फत सार्वजनिक भएको छ... ...

ड्रोन बाट खिचिएको गल्कोटको भिडियो भाइरल हुदै[भिडिओ]
एरीअल यस डि च्यानल द्वारा केहि समय अघि मात्र आफ्नो युटुब च्यानलमा सार्वजनिक गरिएको गल्कोटको पाँच मिनेट लामो सुन्दर भिडियोले... ...

गलकोट स्पोर्टस कल्ब टोकियोको प्रथम नियमित बैठक सम्पन्न, गलकोटको खेलकुद तथा शैक्षिक बिकासका लागी गलकोट समन्वय समिती निमार्ण
स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल भन्ने मुल नाराका साथ बागलुङको गलकोट क्षेत्रबाट उच्च शिक्षा, बैदेशिक रोजगारी, ब्यवशाय र अन्य... ...

थानेश्वर गौतमको शास्त्रीय गजल 'छ मसंग सबै छ' लोकप्रिय हुदै [भिडियो]
गाजल लगाइनछौ बोलको गीतबाट ख्याति कमाएका शास्त्रीय गायक थानेश्वर गौतमको नया गीत सार्वजनिक भए संगै आम नेपालीमाझ लोकप्रिय हुदै गएको... ...

बाग्लुङ्ग जिल्लाका हुलाक कार्यालय र तिनको POB ठेगाना
बाग्लुंग जिल्लामा जिल्ला हुलाक कार्यालय सहित कुल १४ हुलाक कार्यालय रहेका छन् हुलाक कार्यालय तिनको ठेगाना, प्रकार, र POB नम्बर... ...

टोकियोमा बृहत अन्तर्क्रिया कार्यक्रम हुँदै- माथेमा, मिश्र र बानियाँ प्रमुख आकर्षण
टोकियो - टोकियोमा ’समृद्ध नेपाल निर्माण अभियानमा प्रवासी नेपालीहरूको भूमिका’ विषयक बृहत अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । । ...|... ...

बिष्णु खत्रीको "धौलागिरीको" पन्चे बाजागीत बजारमा [भिडियो]
गल्कोट जन्मस्थान भएका, राष्ट्रिय तथा अन्तराष्ट्रिय संगीत जगतमा ख्यातिप्राप्त लोकप्रिय गायक बिष्णु खत्रीले आफ्नो युटुब च्यानल मार्फत आज नया पन्चे... ...

SEE परिक्षाको रिजल्ट Website, SMS र IVR मा हेर्ने तरिका
२०७३ सालको नियमित तथा ग्रेडवृद्धि SEE परीक्षाको नतिजा सम्वन्धि विवरण Website, SMS र IVR बाट तल उल्लेखित स्रोतबाट हेर्न सकिने... ...

गलकोट स्पोर्टस क्लब टोकियोको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा रत्नसिंह
स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल भन्ने नाराका साथ स्थापित गलकोट स्पोर्ट्स क्लब टोकियो को प्रथम महाधिवेशन सम्पन्न गरेको छ... ...

गलकोट स्पोर्ट्स क्लब टोकियोले प्रथम अधिबेशन गर्दै
स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल भन्ने मुख्य नाराका साथ स्थापित गल्कोट स्पोर्ट्स कल्व टोकियो जापानले यहि जुन १३ तारिक... ...

टोकियोमा नेपालीहरुका लागी मनोवैज्ञानिक प्राथमिक उपचार तालिम सम्पन्न
जापानको टोकियोमा रहेका नेपालीहरुका लागी मनोवैज्ञानिक प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । बैदेशिक रोजगार, अध्ययन र अन्य शिलशिलामा बिदेश... ...

निकिता चंडक बनिन मिस नेपाल २०१७
निकिता चंडक Nikita Chandak बनिन मिस नेपाल २०१७, आज सम्पन्न मिस्स नेपालको अन्तिम प्रतिस्पर्धामा निकिता चंडक मिस नेपाल २०१७ घोसित... ...

राम खत्रीको शब्द इश्वर सिंहको अभिनयमा अर्जुनको मायासंग माया साटौला पन्चेबाजा गीत बजारमा[भिडियो]
गल्कोट का चर्चित युवा स्रस्टा राम खत्रीको शव्द रहेको पन्चे बाजा गीत माया संग माया साटौला बजारमा आएको छ ।... ...

प्रकाश कटवाल र लक्ष्मी मल्लको लोक दोहोरि गीत फुल फुल्यो केसरी सार्वजनिक[भिडियो]
गल्कोट, बाग्लुङ्गकि चर्चित गायिका लक्ष्मी मल्लको स्वर रहेको लोक दोहोरि गीत फुल फुल्यो केसरी युटुवमार्फत सार्वजनिक भएको छ । ..|... ...

कक्षा ११ को वार्षिक परीक्षाको नया तालिका प्रकाशित [updated routine] Grade 11 Nepal Board Exam 2074 Routine
New updated routine राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने वि.सं. २०७४ सालको कक्षा ११ को वार्षिक... ...

जापानैले बितायो.. जापानमा कामको भोगाइमा आधारित गीतले तहल्का मच्यायो [भिडिओ]
जापानमा कामको भोगाइमा आधारित गीतले तहल्का मच्याएको छ । हेर्नुहोस् भिडिओ ...| Galkot News, Khabar, Information ...

गलकोट नगरका मेयरलाई विदेशबाट एक युवाको पत्र
आदरणिय गलकोट नगरपालिका मेयर भरत शर्मा ज्यु समुन्द्रपारीबाट नमस्कार .. सामाजिक संजाल फेसबुक बाट नै सल्लाह सुझाब र अालोचनाको अपेक्षा... ...

गल्कोटवासीलाइ मेयर भरत शर्माको संदेश
आदरणीय गल्कोटबासी दिदीबहिनी, बुवा आमा, दाजु भाइ एबम साथीहरु, आफैमा भू-स्वर्ग हाम्रो प्यारो गल्कोटको विकास र सम्ब्रिदीको बिषय लाइ लिएर... ...

जापानमा Classic Youth Club ले आयोजना गरेको BBQ भब्य र सब्य रुपमा सम्पन्न
Ourgalkot reporter Japan - जापानमा रहेका युवाहरुको एक संस्था Classic Youth Club जापानले आगामी May 28 तारिक आईतवार जापानको राजधानी... ...
बागलुङ बजारमा एकाएक भास्सियो जमिन, घरमा नबस्न आग्रह, स्थानीय त्रसित
बागलुङ बजारमा सुक्खा समयमै जमिन भास्सिएको छ । बागलुङ नगरपालिका ३ गुठीमा जमिन भास्सिएपछि स्थानीय त्रसित बनेका छन् । Galkot... ...

गल्कोट संक्षिप्त परिचय
नेपालभित्रको नेपाल भनेर चिनिने जिल्लाको नाम बागलुङ हो भने यसको मुटु गल्कोट हो । बागलुङ लाई चिनाउने आधारभूत पहिचान भनेकै... ...

गल्कोट न पा ११ मा एमाले/जनमोर्चाबाट डम्बर श्रीस प्यानलको विजय
गल्कोट नगरपालिका वाड नम्बर ११ Righa बाट एमाले/जनमोर्चाको प्यानल विजयी भएको छ ...| Galkot Municipality News, FM, Khabar, Information, Election,... ...

गल्कोटमा कांग्रेसको शानदार विजय | भरत मेयर, रेनुका उपमेयर, विजय उत्सव मनाइदै
कुल ११ वडा रहेको गल्कोट नगरपालिकामा ७(सात) वडामा विजय हासिल गर्दै नेपाली कांग्रेसले शानदार तरिकाले गल्कोटमा आफ्नो पकड जमाउन सफल... ...

गल्कोट न पा १० मा कांग्रेस प्यानल विजयी
गल्कोट नगरपालिका वाड नम्बर १० Pandavkhani बाट नेपाली कांग्रेस को प्यानल विजयी भएको छ ...| Galkot Municipality News, Khabar, Information,... ...

गल्कोट नगरपालिकाको मेयर पदमा कांग्रेसका भरत गैरेको अग्रता कायम
गल्कोट नगरपालिकाको स्थानीय चुनावमा हाल सम्म नौ (९) वडाको मत परिणाम सार्वजनिक भएकोमा मेयर पदका लागि नेपाली कांग्रेसका भरत शर्मा... ...

९ वडाको मत परिणाम सार्वजनिक, कांग्रेसको ६, एमाले १, माओवादी २ वडा मा विजयी
९ वडाको मत परिणाम सार्वजनिक, कांग्रेसको ६, एमाले १, माओवादी २ वडा मा विजयी ...| Galkot Municipality News, FM, Khabar,... ...

गल्कोट न पा ९ मा कांग्रेस प्यानल विजयी
गल्कोट नगरपालिका वाड नम्बर ९ Malma बाट नेपाली कांग्रेस को प्यानल विजयी भएको छ ...| Galkot Municipality News, FM, Khabar,... ...

गल्कोट न पा ८ मा कांग्रेस प्यानल विजयी
गल्कोट नगरपालिका वाड नम्बर ८ Kandebas बाट नेपाली कांग्रेस को प्यानल विजयी भएको छ ...| Galkot Municipality News, FM, Khabar,... ...

गल्कोट नगरपालिका ७ मा माअाेवादि केन्द्रका टिकाबहादुर थापा विजयी
गल्कोट नगरपालिका वाड नम्बर ६ बाट माअाेवादि केन्दको प्यानल विजयी भएको छ ..| Galkot Municipality News, Khabar, Information, Election, Local... ...

गल्कोट न पा ५ मा पनि कांग्रेस विजयी | गल्कोटमा कांग्रेसको विजय सुनिश्चित
गल्कोट नगरपालिका वाड नम्बर ५ बाट नेपाली कांग्रेस को प्यानल विजयी भएको छ ...| Galkot Municipality News, Khabar, Information, Election,... ...

गल्कोट नगरपालिकामा नेपाली कांग्रेसको अग्रता
गल्कोट नगरपालिका वाड नम्बर ४ Hatiya बाट नेपाली कांग्रे विजयी प्यानल विजयी भएको छ ...| Galkot Municipality News, FM, Khabar,... ...

गल्कोट नगरपालिका ४ मा नेपाली कांग्रेस विजयी
गल्कोट नगरपालिका वाड नम्बर ४ Hatiya बाट नेपाली कांग्रे विजयी प्यानल विजयी भएको छ ...| ३ ...

गल्कोट नगरपालिका ३ मा नेपाली कांग्रेसका विरजंग भण्डारी प्यानल विजयी
गल्कोट नगरपालिका वाड नम्बर ३ Hatiya हटिया बाट नेपाली कांग्रेसका विरजंग भण्डारी प्यानल विजयी प्यानल विजयी भएको छ ...| Galkot... ...

गल्कोट नगरपालिका २ मा नेपाली कांग्रेसका हेमन्त भण्डारी प्यानल विजयी
गल्कोट नगरपालिका वाड नम्बर २ नरेठाटी Narethati बाट नेपाली कांग्रेसका हेमन्त भण्डारी को प्यानल विजयी भएको छ ...| Galkot Municipality... ...

एमाले/ जनमोर्चा संयुक्त प्यानल गल्कोट नगरपालिका १ बाट विजयी
गल्कोट नगरपालिका वाड नम्बर १ दुधिलाभाटिबाट Dudhilabhati एमाले/ जनमोर्चा को संयुक्त प्यानल विजयी भएको छ ...| Galkot Municipality News, Khabar,... ...

उसको तीन पुस्ते चुनाव
यतिबेला देशलाई स्थानीय निकायको चुनाबले पुरै छोपेको छ । चुनावी प्रचारप्रसारमा गाउँ देखी शहरसम्म बिभिन्न दलका झण्डा बोकेर घरदैलो अभियानमा... ...

गल्कोट समाज जापानद्वारा सन्तोष कार्की उपचारार्थ आर्थिक संकलन अभियान सुरु
रोजगारको सिलसिलामा एक वर्ष अघि जापान आएका गल्कोट नगरपालिका -५ भैंसे ठाडो ओडार निवासी सन्तोष कार्की (जुने)मा उपचारको क्रममा ब्लड... ...

स्थानिय निर्वाचनमा भोट के का लागी ?
यतिबेला देशलाई स्थानीय निकायको चुनाबले पुरै छोपेको छ । चुनावी प्रचारप्रसारमा गाउँ देखी शहरसम्म बिभिन्न दलका झण्डा बोकेर घरदैलो अभियानमा... ...

गलकोट नगरपालिकाको मेयरमा लोक गायक विष्णु खत्रीको चर्चा
गलकोट नगरपालिकाको मेयर पदमा चर्चित लोक तथा दोहोरी गायक विष्णु खत्रीको उम्मेदवारीका बारेमा अहिले चर्चा परिचर्चा चल्न थालेको छ ।... ...

नेपाल टेलिकममा पनि अब लोन लिन सकिने
नेपाल टेलिकमले आफ्ना GSM तथा CDMA प्रिपेड ग्राहकका लागि लोन लिन सकिने सुविधा उपलब्ध गराउने भएको छ । ...| Galkot... ...

नेपलिज एसोसियसन अफ जर्जियाको अध्यक्ष पदमा गल्कोटका केशव शर्माको उम्मेदवारी
बाग्लुंग जिल्ला गल्कोटमा जन्मिएका केशव शर्माले अमेरिकाको जर्जिया राज्यमा बस्ने नेपालीहरुको साझा संस्था NAG (नेपलिज एसोसियसन अफ जर्जिया) को अध्यक्ष... ...

भकुण्डेको यात्रा
सहरिया जीवन शैलीबाट अत्तालिएर मनोरम प्रकृतिको खोजी गर्दै जाँदा मंसिरको पहिलो साता शुक्रबारका दिन बागलुङ भकुण्डेको यात्रा गर्ने निधो गरियो... ...

स्वरूपराज आचार्यको आफ्नै नजरबाट गिर्न सकिन बजारमा [भिडियो]
नेपाली संगीत क्षेत्रका सर्वाधिक लोकप्रिय आधुनिक गायक स्वरूपराज आचार्यको स्वरमा आफ्नै नजरबाट गिर्न सकिन बोलको गीत बजारमा आएको छ ..|... ...

नेपाल टेलिकमको 4G/LTE सेवा सबै आइफोनमा आज देखि प्रयोग गर्न सकिने
नेपाल टेलिकमले सञ्चालन गरिरहेको 4G/LTE सेवा आज २०७३ माघ २५ गते देखि सवै Series का iPhone सेटहरुमा पनि प्रयोग गर्न... ...

गल्कोट मोडनाइज्डको नवौ वार्षिक उत्सवमा स्वरुपराज र श्रीकृष्ण आउदै
गल्कोट हरिचौर -५ मा रहेको गल्कोट मोडनाइज्ड एकेडमी(Galkot Modernized Academy) को नवौ वार्षिक उत्सव तथा अभिभावक दिवस- २०७३ को भोलि... ...

लोकदोहोरी क्षेत्रमा जम्दै गलकोटका सर्जक राम खत्री
गलकोट क्षेत्रको मल्म ८ भल्साङमा जन्मिएका लोकदोहोरी गितका सर्जक तथा गायक राम खत्री यति खेर चर्चाको शिखरमा छन् । पछिल्लो... ...

सातसय बगाले थापा समाज, मल्मको १३ औं साधारण सभा, पुस्तक विमोचन र शिलन्यास कार्यक्रम सम्पन्न
सातसय बगाले थापा समाज, मल्म बागलुङको १३ औं वार्षिक साधारण सभा, पुस्तक विमोचन तथा शिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।... ...

सेताम्मे घुम्टे
केहि दिन यता परेको सिम सिमे पानी र चिसो मौसमका कारण आज बिहान घुम्टेमा हिउ परेको देख्न सकिन्छ। ...| Galkot... ...

संगीतकार श्रीकृष्ण बम मल्ल बने यमराज [भिडियो]
संगीतकार संगीतकार श्रीकृष्ण बम मल्ल नेपालका पशुपति शर्माको गीतमा यमराजको भूमिकामा प्रकट भएका छन् ...| Galkot News, Khabar, Information ...

प्रमोद खरेलको "तिम्रै पीरले" आधुनिक गीत लोकप्रिय बन्दै [भिडियो]
तिम्रै पीरले आगो बिना मन मुटु नै जल्छ अचेल आधुनिक गीत लोकप्रिय बन्दै, एक साता अघि सार्वजनिक गरिएको आधुनिक गीत... ...

बिष्णु खत्रीको "सिउँदो रंगिनी" पन्चे बाजा गीत बजारमा
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त, गल्कोटका अग्रज लोकप्रिय गायक बिष्णु खत्रीको “सिउँदो रंगिनी” पन्चे बाजा गीत बजारमा आएको छ। "सिउँदो... ...

श्रीकृष्णको संगीतमा अन्जु पन्तले गाइन मान्छे नै रुवाउने गीत
तपाइँले मायाको सिमा नाघेर माया गरेको मान्छेले तपाइको दिलमा आगो लगाइदिदा कस्तो होला? मायामा चोट पाएको व्यथालाइ सुन्दर शब्दमा उतारेका... ...

दर्शकले मन पराए रुद्र थापाको आउ आज बाचा गरी गीत
रुद्र थापा र सुष्मा बिकको आउ आज बाचा गरी बोलको गीत युटुबमा रिलिज गरिएसंगै दर्शकहरुको माया पाउन सफल भएको छ।... ...

साझा बसमा काठ्माण्डौ देखि बाग्लुंगको भाडा ४४२ मात्र
साझा यातायातले भोलि माघ १ गतेदेखि लागु हुने गरि काठ्माण्डौ देखि बाग्लुङ्ग सम्मको भाडा रु ४४२ कायम गरेको छ ...|... ...

धवलागिरिमा तीन वर्षपछी लाइसेन्स वितरण पुनः सुरु
धवलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः सुरु भएको छ ...| Galkot News, Khabar,... ...

गल्कोटका ख्यातिप्राप्त कलाकार वसन्त थापालाई जापानमा सम्मान गरिदै
गल्कोट बाग्लुङ्गका ख्यातिप्राप्त कलाकार वसन्त थापालाइ गल्कोट स्पोर्ट क्लब टोकियो जापानले मंगलबार सम्मान गर्ने भएको छ। ...| Galkot News, Khabar,... ...

ढोरपाटनका गगनको ए हावा मलाई नछोएर चल गीतले लोक प्रियता कमाउदै
बाग्लुंगको सुन्दर ढोरपाटनमा जन्मिएर, कामको सिलसिलामा बिदेशिएका गगन बिक (गाम बहादुर) को जातीय भेदभाव बिरुद्धको " ए हावा मलाई नछोएर... ...

लक्ष्मीको मायाको सिमानामा नाका लगाउदा के भयो? हेर्नुहोस भिडियो
रामकृष्ण बम मल्ल र लक्ष्मी मल्लको स्वरमा मायाको सिमानामा नाका लगाएउ गीत आज म्युजिक नेपालको युटुब मार्फत बजारमा आएको छ... ...

झोलुङ्गे पुलको जिल्ला बाग्लुङ्ग, बाग्लुङ्गको मुटु गल्कोट [Photo Feature]
बागलुङलाई चिनाउने आधारभूत पहिचान भनेकै झोलुङ्गे पुल हो र गल्कोट बाग्लुंगको मुटु हो। गल्कोटका केहि झोलुङ्गे पुलहरुको सुन्दर तस्वीरहरु |... ...

दुर्गेश थापा र ईश्वर सिंहको पन्चेबाजा गीत काली सलल बजारमा
दुर्गेश थापा र ईश्वर सिंहको पन्चे बाजा गीत काली सलल सार्वजनिक भएको छ। ...| Galkot News, Khabar, Information ...

आज ढाका टोपी दिवस
नेपाली संस्कृति, भेषभुषा र राष्ट्रियता जोगाउने उदेश्यकासाथ आज नेपालमा चौथो अन्तराष्ट्रिय ढाका टोपी दिवस मनाइदै छ। ...| Galkot News, Khabar,... ...

गल्कोटका २० वर्षीय निशानको वेलायतमा फुटबल खेल्दै गर्दा अचानक मृत्यु
गल्कोट घर भइ बुवा आमासँग वेलायत बस्दै आएका २० वर्षीया निशान भण्डारीको साथीहरुसँग फुटबल खेलिरहेका बेला अचानक ढलेपछि ... |... ...

जन्मठाउँ गल्कोटलाई गीतबाट चिनाउदै गायक बिष्णु खत्री
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त, गल्कोटका अग्रज लोकप्रिय गायक बिष्णु खत्रीको "घर त बाग्लुङ गल्कोट तिर हो" लोक भाकाले बजार... ...

पर्यटकीय विकासको प्रतीक्षामा गलकोट
विश्वव्यापी रुपमा पर्यटन व्यवसाय धुँवा रहित व्यवसायका रुपमा चिरपरिचित छ । विश्वका विभिन्न मुलुकहरु मध्ये नेपाल पर्यटन ...| Galkot News,... ...

गल्कोटका लक्ष्मी र दिपिनले कस्लाई घुमाए बाग्लुङ र जापान ? हेर्नुहोस भिडियो
गल्कोटे गायिका लक्ष्मी मल्ल र गायक दिपिन साहनी छेपारोको "बाग्लुङ घुम्न जाउला" बोलको स्वर मा रोइला गीत आजै म्युजिक नेपालको... ...

गलकोटलाई डेढ दशकपछि फर्केर हेर्दा...
समय र परिवेश कत्ति बलवान रहेछ । विगतलाई एक पटक फर्केर हेर्दा म आफैंमा झसङ्ग हुन्छु । थाहै नपाइ अलि... ...

स्थानीय निकायको पुनर्संरचनामा गलकोट
नेपाल अहिले संघीय गणतन्त्रात्मक मुलुक हो । राज्य पुनर्संरचनाका सवालमा नेपाल सात प्रदेशमा सीमाङ्कन पनि भइसकेको छ । अहिले नेपालको... ...

पाण्डवखानी घुमेर हेर्दा!
काठमाडौंबाट करिब ८ घण्टा माइक्रो चढेपछि बागलुङ सदरमुकाम आइपुगिन्छ । त्यसपछि मध्य पहाडी लोकमार्गहुँदै जीप यात्रा गरी ५ घण्टामा पाण्डवखानी... ...