गल्कोट संक्षिप्त परिचय
नेपालभित्रको नेपाल भनेर चिनिने जिल्लाको नाम बागलुङ हो भने यसको मुटु गल्कोट हो ।
बागलुङ लाई चिनाउने आधारभूत पहिचान भनेकै झोलुङ्गे पुल, बुट्टे नली, दारको ठेकी , डाली सोली , स्लेट खानी, असला माछा आदि हुन् । यी सबै प्राकृतिक सम्पदा पाइने ठाउँ भनेकै गल्कोट हो ।
गल्कोटलाई जल, जडिबुटी, जनघनत्व, जंगल र उर्बर जमिन भएको भूखण्ड भनेर चिन्दा पनि फरक पर्दैन । यतिमात्र नभई गल्कोट लाई सबैभन्दा स्वादिलो माछा पाइने ठाउँ , स्लेटको खानि भएको ठाउँ , निगालो र दारका ठेकी , चौठी, आरी , पाथी, धुपौरो , भुट्नेरो आदि बस्तु पाइने छेत्रका रुपमा पनि चिनिन्छ । यसका अतिरिक्त गल्कोटका धान , मकै, गहु, जौ , उवा , फापर, लट्टे, जुनेली, काउलो, सिलाम , भान्गो , भट्टमास आदि खाध बालिका साथै प्राकृतिक सौन्दर्यले भरिपुर्ण क्षेत्रको नाम हो गल्कोट ।
गल्कोट र घुम्टे एक अर्काका पर्याबाची नाम हुन् । प्राचिन समयको गल्कोट भन्नाले पूर्वमा बिहुँको काठेखोला, पश्चिममा पाण्डवखानीको कभ्रेखोला , उत्तरमा म्याग्दीको रुमको देउराली र दक्षिणमा गुल्मी मुसीकोटको निबुवा खोलासम्मको भूभागलाई जनाउथ्यो
-डा.दिनबहादुर थापा
(सह प्राध्यापक त्रि. वि.)
घुम्टे (२०७०) बाट साभार
Follow Us for more updates
यो पनि पढ्नुहोस