नेपाली संस्कृति, भेषभुषा र राष्ट्रियता जोगाउने उदेश्यकासाथ आज नेपालमा चौथो अन्तराष्ट्रिय ढाका टोपी दिवस मनाइदै छ।

सन् २०१४ बाट मनाउन सुरु गरिएको यो ढाका टोपी दिवस हरेक वर्ष जनवरी १ तारिकका दिन विभिन्न कार्यक्रम, र्याली गरेर मनाइने गरिन्छ।

देशको स्वाभिमान बचाउने, बिश्वमाझ चिनाउने र भाईभाइ माझ भातृत्व जगाउने ढाका टोपी नेपालको मुख्य पोशाक हो। सामाजिक संजालमा आज बिहानै देखि टोपी लगाएर तस्विर अपलोड गर्ने होडबाजी नै चलेको छ भने दिउसो काठमान्डौको माइतिघर मण्डलामा सानो कार्यक्रम पनि रहेको छ।

आफ्नो संस्कृति, भेष भुषा जोगाइराख्न, नेपाली-नेपाली बिच सद्भाव बढाउन ढाका टोपी दिवस झैँ अन्य दिवस मनाइन आवश्यक छ।