गलकोट स्पोर्टस कल्ब टोकियोको प्रथम नियमित बैठक सम्पन्न, गलकोटको खेलकुद तथा शैक्षिक बिकासका लागी गलकोट समन्वय समिती निमार्ण
टोक्यो १ अगष्ट
“स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल” भन्ने मुल नाराका साथ बागलुङको गलकोट क्षेत्रबाट उच्च शिक्षा, बैदेशिक रोजगारी, ब्यवशाय र अन्य शिलशिलामा टोकियोमा रहेका गलकोटका युवाहरुबाट जापानको टोकियोमा स्थापित गलकोट स्पोर्टस कल्ब टोकियोको प्रथम अधिबेशनबाट निर्वाचित दोस्रो कार्यसमितीको प्रथम बैठक सम्पन्न भएको छ ।
कल्बका अध्यक्ष रत्नसिह बस्नेतको अघ्यक्षतामा अगष्ट १ तारिक टोकियो मेजिरो स्थित सिर्जना रेष्टुरेन्टमा बसेको अधिबेशन पछिको प्रथम बैठकले कल्बका संरक्षक, सल्लाहकार र मनोनित सदस्य चयन गर्दै पहिलो कार्यसमितिले दोस्रो कार्यसमितिलाई कल्बको आय-ब्यय हस्तान्तरण, सकृय सदस्यता बितरण, साथै बार्षिक कार्ययोजनाहरु सार्वजनिक लगाएतका महत्वपुर्ण निर्णयहरु गरेको छ ।
गलकोटबाट टोकियोमा आई बसोबास गरिरहेका गलकोटका नयाँ तथा पुराना पुस्तालाई खेलकुदका माध्यमबाट एकिकृत गर्दै टोकियोमा खेलकुद गतिबिधीहरु संचालन गर्ने साथै समग्र गलकोट क्षेत्रको खेलकुद र शैक्षिक बिकासका लागी समेत समन्वय गर्दै परियोजना तथा कार्यक्रम संचालन गर्ने निर्णय भएको कल्बका महासचिब लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।
बैठकले गलकोटको खेलकुद तथा शैक्षिक बिकासका लागी कल्बका सचिब श्री दुर्गा बहादुर खत्रीको संयोजकत्वमा गलकोट क्षेत्र भित्र पर्ने तारा गाउँपालिका र गलकोट नगरपालिकाका प्रत्येक वडाका प्रतिनिधी सम्मिलित गलकोट समन्वय समिती टोकियो मार्फत गलकोट क्षेत्रका प्रत्येक वडामा रहेका सामुदायिक स्कुलहरुको खेलकुद सँगै शैक्षिक गुणस्तर अभिबृद्वीका लागी आवस्यक खेलकुद सामग्री उपलब्ध गराउने र प्रत्येक सामुदायिक स्कुलहरुमा १ बर्ष भित्रमा ई-पुस्तकालयको बिस्तार र त्यसको ब्यवस्थापनका लागी समन्वय गर्ने, साथै गलकोटमा क्रियाशिल क्लबहरुसंग राष्ट्रिय खेल भलिबलको बिकासका लागी आवस्यक समन्वय गर्ने लगायतका कार्यक्रम तय गरिएको कल्बका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिनुभयो । गलकोट स्पोर्टस कल्ब टोकियो, गलकोट समन्वय समिति चयनका लागी यस अभियानका संयोजक तथा कल्बका सचिब दुर्गा बहादुर खत्री र कल्बका प्रत्येक वडा संयोजकहरुसँग समन्वयका लागी खेलकुद तथा शिक्षा प्रेमी सम्पुर्ण गलकोटे युवाहरुलाई आह्वान गरिएको छ ।
गलकोट स्पोर्टस कल्ब टोकियो खेलकुद र शैक्षिक बिकाशका लागी नेपाल र जापानबिचको गतिशील पुल बन्न खोजिरहेको र यस अभियानमा समाहित हुनका लागी सम्पुर्ण बिकाशप्रेमी युवाहरुलाई हातेमालोका लागी सम्बन्धित निकायसम्म पहल गरिने कल्बका सचिब दुर्गा बहादुर खत्रीले जानकारी दिनुभयो ।
Follow Us for more updates
यो पनि पढ्नुहोस