माघ १७

गलकोट क्षेत्रको मल्म ८ भल्साङमा जन्मिएका लोकदोहोरी गितका सर्जक तथा गायक राम खत्री यति खेर चर्चाको शिखरमा छन् ।

Ram Khattri

पछिल्लो समयमा दुई दर्जन भन्दा बढी लोकदोहोरी गितहरु सिर्जना गरेका खत्रीले तिनवटा गितमा पनि आफ्नो स्वर दिएका छन् । फरासिलो तथा मिजासिलो स्वभावका खत्री युवाहरु बिच निकै नै लोक प्रिय मानिन्छन् ।

उनले लेखेका यानीमाया, सागर तरेर, पूर्णिमाको रात राम्रो, उधारो माया, झ्याउरे तालैमा जस्ता पन्चे बाजाका गीतहरु धवलागिरी अंचलका श्रोताहरुले औधी नै रुचाएका थिए ।

उनले शब्द संकलन गरेका दोहोरी गीतहरु आउला नि रुन पर्नि त, मलाई मन पर्ने प्लस टु पढ्ने, राख रुमाल राख, डाँडैमा घाम छँदै, चाडबाड आयो फेरी, रातो टिका जमरा आदि रहेका छन् ।

Ram Khattri

उनका सिर्जनाहरुमा लेकबेसि डाँडापाखाका आवाज, देश छोड्दा हुने विछोडको पिडा, युवा युवति बिच हुने माया प्रेम जस्ता विशेषताहरु पाइन्छन् । उनले बनाएका प्राय गितहरुमा इश्वर सिंहले स्वर दिने गरेका छन् ।

अबको केही समय पछि खत्रीे आफ्नै स्वरमा तिनवटा एल्वम निकाल्ने तयारी छन् । चर्चाका शिखरमा पुग्दै गरेका राम खत्रीको उत्तरोत्तर प्रगतिको लागि ourgalkot.com बाट शुभकामना । आगामी दिनहरुमा गलकोट सम्बन्धी गित तयार पारी गलकोटलाई चिनाउन पनि ourgalkot.com को उनलाई आग्रह ।


उनका लोकप्रिय केहि सिर्जनाहरुको भिडिओ