Classic Youth Club, Japan Galkot

जापानको टोकियोमा रहेका नेपालीहरुका लागी मनोवैज्ञानिक प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । बैदेशिक रोजगार, अध्ययन र अन्य शिलशिलामा बिदेश जाने युवाहरुको संख्या बढेसँगै बिदेशमा नेपालीहरुका समस्या पनि बढ्दै गैरहेकामा सो समस्या न्यनिकरणका लागी “आत्महत्या रोकथाम अभियानका अभियन्ता तथा क्लिनिकल मनोविज्ञ डा.विजय ज्ञवालीले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । तालिमको सहजीकरण पनि डा. ज्ञवाली ले नै गर्नुभएको थियो ।

कार्यक्रममा जापानमा बिभिन्न पेशा, ब्यवशाय र अध्ययनमा रहेका २३ बर्ष देखि ७२ बर्ष उमेर समुहका २७ जनाको सहभागिताको रहेको कार्यक्रम सहजकर्ता दिपा घिमिरेले जानकारी गराउनुभयो ।

Classic Youth Club, Japan Galkot

नेपालीहरु बढेसँगै जापानमा दिनानुदिन समस्याहरु पनि बढ्दै गैरहेको समस्याले बिकराल रुप लिईसकेपछि मात्र सामाजिक संस्थाहरुले पिडितका समबेदना साटेर सहयोग संकलन गर्ने गरिएकोमा चिन्ता ब्यक्त गर्दै आफुहरुले संस्थागत रुपमा संम्बृद्घ नेपाल निर्माण अभियानका प्रतिनिधीहरु लाई तालिम सहभागी गराईएको INFSD JAPAN का संयोजक दुर्गा बहादुर खत्रीले प्रतिक्रिया दिनुभयो । कार्यक्रममा सहभागी कोर्डिनेट मेम्बर बिनोद बोहराले आफुले सिकेका कुराहरुलाई ग्रुपको २५ तारिक हुने मासिक अन्तक्रियामा समीक्षा गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी सन्तोष बाबु चोखालले यस्ता महत्वपूर्ण तालिमले पक्कै पनि सकारात्मक परिवर्तनमा ठुलो भूमिका खेल्ने र यो कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर मिलेको प्रतिक्रिया दिँदै यो अभियानलाई जापानब्यापी गराउन आफु प्रतिबद्ध रहेको जानकारी गराउनु भयो ।

Classic Youth Club, Japan Galkot
तालिम पश्चात संक्षिप्त जानकारी दिदै डा. ज्ञवालीले आफु प्रशिक्षक भए पनि आफुले सहभागीहरुको आत्मबिश्वासबाट धेरै ठुलो शिक्षा लिएको र सिकाउने भन्दा सिक्ने हुट हुटी बढेर गएको गएको प्रतिक्रिया दिँदै आफुले सोचे अनुरूप नै कार्यक्रम सफल भएको जनाउनु भयो ।