Nishan Bhandari, file photo

यो खबर नागरिक न्युज बाटसाभार गरिएको हो ।

लन्डन— गल्कोट घर भइ बुवाआमासँग वेलायत बस्दै आएका २० वर्षीय निशान भण्डारीको साथीहरुसँग फुटबल खेलिरहेका बेला अचानक ढलेपछि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको हो।

स्थानीय समाजसेवी नवीन सापकोटाका अनुसार फुटवल खेल्दै गरेको बेला अचानक ढलेपछि उनलाई अस्पतालतर्फ लगिएको थियो। निशानको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए। के कारणले मृत्यु भयो खुल्न नसकेको कुरा नागरिक न्युजमा उल्लेखित छ । बुवाआमासँगै वेलायत बस्दै आएका भण्डारी सिटी कलेज युर्निभरसिटी बर्मिघममा मेकानिकल इन्जिनियरिङको दोस्रो वर्षमा अध्ययनरत थिए।

थप समाचार: Nagarik News(source)