बाग्लुङ्ग जिल्ला गल्कोट नगरपालिका ३ हटिया सह्सरधारामा आज साहसिक खेल क्यानोनिंगको सफल परिक्षण गरिएको छ।

canyoning in galkot Municipality baglung

प्राकृतिक सुन्दरता ले भरिपुर्ण गल्कोटमा सम्भाव्यता अध्ययन गरेर आज परिक्षण गरिएको यस खेल बाग्लुङ्ग मै पहिलो पटक गरिएको हो।

गल्कोट नगरपालिका ३ का वडा अध्यक्ष विरजंग भण्डारीले आफ्नो सामाजिक संजाल मार्फत परिक्षण सफल भएको जानकारी दिएका हुन्।

विज्ञ प्राविधिक, गल्कोटका बुद्धिजीवी र आम गल्कोट वासी परिक्षणको प्रतक्ष्यदर्शी थिए।

canyoning in galkot Municipality baglung

यस खेल संचालन हुदा गल्कोट साहसिक गन्तव्यका रुपले परिचित हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने पक्का छ।

व्यावसायिक रुपमा यस खेल संचालन गरिएमा समग्र गल्कोटको विकासमा अमुल्य योगदान पुग्ने जनमानसको विश्वास छ।


Adventure Sports Canyoning in Galkot Municipality, Baglung

image source: Bir Jung Bhandari facebook